Nepali Calendar

Thursday 28 February 2013

Nepali Laghu katha 1

छायाँसँग एकरात (सुबिसुधा आचार्य) - [2011-03-10]
निस्पट्ट अँध्यारो हावासँग साउती मार्दैछभने तमोर नदीको चिसो पानी आवाजसँग सम्झौतागरी बग्दैछ कलकल बगरलार्ई चुनौती दिएर । आकाशमा ताराहरू चम्केकै छन् तर प्रकाशले धर्ती अंगाल्न सकेको छैन र त राज जमाउँदै छअँध्यारो जूनकीरीको मिलिकमिलिकसँग पौठेजोरी खेल्दै ।
हो, म त्यहीँ अँध्यारोभित्र आफूलार्ई खोज्दै अनुमानसँग अनुभव धरौटी राखेर पार गर्छु तमोर नदी एउटा सानो लठ्ठीको सहायताले । हुन त त्यति जवान भएकी छैन ऊ तर पनि नदी, खोला नतरेको मेरो बानी ढुङ्गामा लागेको लेउ करौती बन्छ मेरो साहसलार्ई टुक्र्याउन अनि त गुहार माग्छु नर्कटको सिम्किनुसँग ।
ओ हो ! मान्छेलार्ई ज्यानको माया कति बिघ्न, पिडौंला पिडौंला आउने पानीको बेगलेके मलार्ई ढाल्दो हो र ? लौ ढाली हाले पनि तबगाउने क्षमता हुँदैन नि, बिचरो म वनको बाघभन्दा मनको बाघले सिध्याउँछ एउटा खतरनाक हाउँगुजी बनेर । त्यसैबाट बच्न लठ्ठीसँग हारगुहार मागेको हुँ नदी तर्नु अगाडि ।
तमोर नदी तरिसकेर लामो श्वास तान्छु ठूलै युद्ध जितेझैँ बगरको ढुङ्गामा टुसुक्क बसेर । अब जुत्ता मोजा लगाउनुपर्छ भन्ने मानसिकता बन्दा नबन्दै म भन्दा बीस हात तल नदीबाट एउटा स्वास्नी मान्छेको चिच्याहट मेरो कानको जालीसम्म आइपुग्छ हावामा तरङ्गित हुँदै–
“बचाऊ बचाऊ, मलाई खोलाले बगाउन लाग्यो बचाऊ ।”
रातको मध्यग्रह, चुक पोखिएझैँ अँध्यारोको बर्चस्व, सुनसान नदीको बगर, को हुन सक्छ यतिखेर ? यहाँ नदी तर्दै फेरि बगाउने पानीको प्रवाह पनि छैन । कसैले मलार्ई छक्काउँदैछ भनुँ भने पनि एउटा स्वास्नी मान्छे कसरी सम्भव छ यो ? मनमा कुरा खहरे भएर उर्लदा म जुत्ता लगाउँदै खोल्दै पो गर्दोरहेँछु, उताबाट चिच्याएको आवाजसँग स्वयम् म आफैँ विचलित भएर ।
आवाज आइरह्यो म आवाज चपाउँदै मौन भएँ ढुङ्गाको मूर्ति जस्तो कसोकसो निर्जीव बनेर, आवाजले छाएन पनि भन्न सक्ने अवस्था छैन सोचाइ चुल्ठी परेर लहरिएकै हो । छोयो कसरी भनौँ गएर नदीबाट ती महिलालाई बगरमा ल्याउने बेलासम्म ठिङ्ग खामो झैँ स्थिर छुम ।
करिव दश मिनेट जति पछि जुत्ता त्यहीँ बगरमा फालेर तुफान बनी पुग्छु महिला भएको ठाउँमा, अँध्यारोमा आवाजलाई पच्छ्याउँदै अनुमानको भरमा । छामेर पाखुरा घिसार्दै किनारा तिर ल्याउँछु,उनी अझ सुकसुकाउँदै छिन् ।
उनको सुकसुकाइले उनी निकै आपतमा परेकी रैछन् भन्ने लख काट्छु म । ‘चिन्नु न जान्नु घचेटी माग्नु’ अरू समय त्यहाँ रोक्किएर समय खर्चनु थिएन मलार्ई । फरक्क फर्केर सरासर माथि जान्छु जुत्ता मोजा राखेको ठाउँ पत्ता लागेन अँध्यारोमा कता हो कता ।
छामछुम खोजखाज गर्छु केहीबेर, अब खाली खुट्टाले पैताला दर्फराउँदै लाग्नु पर्लाउकालो, व्यर्थै एउटीलाई बचाइ टोपल्न जाने भैखाको नयाँ जुत्ता गुमाउनुप¥यो । गुनासो पोख्छु आफँैलार्ई, उकालो लाग्न थाल्छु बानी भए पो खाली खुट्टाले हिँड्ने, ढुङ्गाका गेगरले बिझाएको आभाष तालुसम्म छ पैतालादेखि ।
“सुन्नुस् त ! तपाईंको जुत्ता यी यहाँ छ, लगाउनुस् ।”
म फरक्क फर्कन्छु आवाज आएतिर, कालो आकृति ठिङ्ग छायाँझैँ बनेर उभिन्छ अगाडि ।
“तिमी ! अघि त नदीले जिउँदै निल्ला जस्तो गरेर च्याँठिदै थियौ, रून पुग्यो र यहाँ आएकी ?”
“तपाईले जुत्ता खोज्नु भएको मलार्ई थाहा थियो त्यसैले पु¥याउन आएकी ।”
म उनको हातबाट जुत्ता लिएर त्यहीँ बसी लगाउँछु । मैले जुत्ता लगाउन्जेलसम्म पनि उनीसँगै उभिन्छिन् बिना संवाद चुपचाप । जुरूक्क उठेर म हिड्न लाग्दा –“जाऊँ पनि भन्नु हुँदैन तपाईं, छि कस्तो निष्ठुरी ?” उनी नाकेस्वरमा लाडिदै बोल्छिन् ।
“तिमी को हौ, कहाँबाट आयौ, कता जाने हौ मलाईके था कुल घरानकी चेलीबेटी यति राती हिड्दै हिडदैनन् त्यो पनि एक्लै के आधारलेजाऊँ भनू म ?” अगाडि बढ्दै बोल्छु म ।
“तपाईंले सोधे पो मैले बताउनु, बोल्न पनि पैसा पर्ला जस्तो गर्नुहुन्छ अनि ।” ठुस्किदै पछिपछि आउँछिन् उनी ।
“लौन त मैले सोधेँ अब त भन, कहाँ हो तिम्रो घर ?” तपार्ईंको भन्दा पल्लो गाउँ हो मेरो,म गा.वि.स. सचिव अमरनाथकी कान्छी छोरी छायाँदेवी हुँ, हुनसक्छ तपार्ईंंले मलार्ई चिन्नु हुन्न ।”
“तिमीले चाहीँ मलार्ईं चिन्छौ र ?” अँध्यारोको शून्यतालाई थप्पड हिर्काउँदै उनी खिलखिलाएर हाँस्छिन् पाखा पर्वत थकाउँदै, कसोकसो मीठो लाग्छ मलार्ई त्यो हाँसो कतै आफ्नोपन घोलिएझैँ । “नचिनेको मान्छेको जुत्ता पु¥याउन मलार्ई के खाँचो?” उनी फेरि हासिन् त्यसरी नै ।
“भन न त म को हुँ ?” हिँड्दा हिँड्दै ढिस्कोमा रोकिएर सोध्छु म । सारै थाकेझैँ मेरै छेवैमा फ्यात्त बसेर भन्छिन् ।
“तपार्ईं स्कुलको हेडसरको कान्छो छोरा उमङ्ग, तपाइकी दुई दिदी र एक बहिनी पनि छन् । जेठा दाजु मलेसिया जानु भएको छ । बुबा हाल अवकास जीवन बिताउँदै हुनुहुन्छ ठीक हैन त ?”
ओ हो ! जन्मदिने बाबुले त जन्मकुण्डली बताउन सक्दैनन्, उनले त नालीबेली खोतलिन्, म कसरी उनलाई अपरिचित भनौँ र यात्राबाट छुट्टयाऊँ त्यसो त परिचित भनेर पनि भन्न सक्दिन । अवस्था त्यस्तै सिर्जना छ ।
“लौ माने वा तिमीलाई, मेरो त जन्मकुण्डली नै पो थाहा रैछ त अनि भन यति राती कहाँ गएर आएकी त्यो पनि एक्लै ?”
“सहर गएकी थिएँ बाटोमा गाडी बिग्रेर ढिला भयो, साथी थिए नि उता पारी जाने उतै गए ।”
“बजारमै कसैकहाँ बास पनि त बस्न सक्थ्यौ नि, यति राती नदीमा डुबेर चिच्याउनुको कारण, के साँच्चै नदी तर्नै नसकेर हो त ?”
उनी फेरि हाँस्छिन् ।
“छिः तपार्ईं त असाध्यै सोझो हुनुहुँदो रैछ । श्रावणको भेल त एक्लै तर्ने म चैतमा सुकेको नदी तर्न सकिनँ हुँली त, तपार्ईंलार्ई बोलाएकी नि मैले ।” उनी डाँडा गुन्जिने गरी हाँस्छिन् ।
जति जति उनी हाँस्दै जान्छिन् त्यति त्यतिमलार्ई उनको सामीप्यता मीठो न्यानो लागेको छ आभाष, अँध्यारोलार्ई चिर्दै नियालेर अनुहार हेर्ने चेष्टा गर्छु एकदम धमिलो देखिन्छ मुहार तैपनि राम्री लाग्छ पूर्णिमाको जून जस्ती । नाक ठोक्किने उकालोमा साथी भेट्दा खुसी नै छु म । नत्र हस्याङ्ग फस्याङ्ग गर्दै एक्लै पो उक्लनु पथ्र्यो उकालो । कमसेकम मुख बोलाऊ त भेटेको छु ।

“जाऊँ होला अब त दशभाग उकालोमा दुई भाग पनिकटेको छैन उज्यालै होला जस्तो छ घर पुग्दा ।” उठेर बाटो लाग्दै भन्छु म ।
उनी पनि आङ तन्काउँदै पछि लाग्छिन्– “के भो त बल्ल बल्ल घर फर्केको छोरा उज्यालोमा धितमरून्जेल नियाल्नु हुन्छ झन बुबा आमाले ।” च्याप्प समाउँछिन् पछाडिबाट हात,म रोकिन्छु हिंड्दा हिंड्दै ।
“के गरेकी तिमीले बाटो साँघुरो छ त्यसमाथिको अँध्यारो अलिकति गोडा चिप्लियो कि शरीर नदीमा, प्राण कता हो कता?”
“तपाईंलाई जिउको त्यति माया लाग्छ ?”
“जिउको माया कसलार्ई लाग्दैन र ? माहुरी त आफूलार्ई बचाउने बहानामा सुरक्षा गर्ने निहुँमा मान्छेलार्ई खिलेर मर्छ भने म त मान्छे प्राणी जगतकै सर्वश्रेष्ठ जात, अर्कालार्ई किन त्यसो भन्नु नि घुँडा घुँडा पानीमा बगेर मर्छु भन्दै चिच्यायौ आफू ।”
“मैले पहिले नै भनिसकेँ तपार्ईं हेर्दै चम्बू, बाठो भए पनि मूर्ख हुनुहुँदो रैछ । के म आफ्नो प्राण जोगाउनकै खातिर चिच्याएकी हुँला र ? के म त्यस्तो सारै डरपोक देखिन्छु हेर्दा नै ?” हिड्दा हिड्दै टक्क रोकिन्छिन् उनी अलि अगाडि नै पुगिसकेको छु म । चानुमानु नभएपछि फर्कन्छु पछाडि उनी बीच बाटोमै बस्छिन् थचक्क ।
“किन के भयो र बसेकी, बाटैमा ? घर जान मन छैन ? छैन भने म जान्छु तिमी यतैकतै ओडारमैबस । अँ ओडार त कहाँ पाउनु भीरको ठूलोे ढुङ्गा मुनि बस ।”
म हाँस्दै फर्कन्छु उनी भएतिर ।
“हेर्नुस् न आज बिहानदेखि मेरो मुखमा एक घुट्को पानीसम्म परेको छैन साह्रै थाकेकी छु । भोक, प्यास र थकानले गर्दा तपार्ईं मलार्ई केही सहयोग गर्नुस् न बिन्ती छ, यी हेर्नुस् (अँध्यारोमा पनि हातले इसारा गर्दै) हात गोडा लल्याक लुलुक भएका छन् । पाइलै सर्दैन पटक्कै अगाडि, म कसरी हिडौँ?”
“उफ ! कहाँको घाँडो आइलाग्यो अँध्यारो रात सुनसान जङ्गलको ठाडो उकालो बाटो, तल तमोर नदीको सुसाइ, चरा मुसाको चालसम्म थाहा नपाइने यो ठाउँमा म कसरी तिमीलाई भोजनको व्यवस्था गरौँ ? फेरि सदा त यो बाटोमा उक्लदा झोलामा केही न केही च्यापेर आउँथे सन्जोग आजै रित्तै छु ।”
म फतफताउँछु उनी सामु बसेर, अफ्ठेरोमा फलेको फर्सी जस्तो हुन्छिन् उनी न टिप्न सक्छु न छोड्न नै ।
“ठीकै छ त तपार्ईं खानाको व्यवस्था पनि गर्न सक्नु हुन्न, म तपार्ईंको लागि साँच्चै घाँडो भएकी भए जानुस् छोडेर, म यहीँ बसेर रात कटाउँछु । कति रात पो बाँकी होला र ?” घुर्किसँगै सुकसुकाउँन थाल्छिन् उनी । समस्या समाधानको गतिलो बाटो नभएपछि दिनभरि बाँझो बारी जोतेर थाकेको गोरूको जस्तो लामो सुस्केरा तान्दै उनीसँगै थचक्क बस्छु म ।
“छैन तपार्ईंसँग कुनै विकल्प, यानेकि उपाय? छिः कस्तो नामर्द, यहाँ एउटी भोकी प्यासीअशक्त महिला लखतरानमा बसेकी छे, उता तपार्ईं भने कति ढुक्कले सुसेल्दै बस्न सक्नु भएको, हे भगवान ! उपाय दिनुस् यी मर्दभनाउँदालाई ।” दुई हात जोडेर फर्किन्छिन् सप्तऋषितर्फ ।
“ओ हो ! सप्तऋषि यतिमाथि आइसकेछन् अब धेरै छैन उज्यालो हुन, हिँड बिस्तारै अब एक डेड घण्टा हिड्यौँ भने त घर आइहाल्छ म त्यहीँ खानाको प्रबन्ध मिलाई दिउँला ।”
बच्चालाई नाना पापा दिन्छु भनेर फकाए जस्तो उनलार्ई फकाउन खोज्नु मेरो अथक प्रयास बालुवामा पानी पोखिँदाझैँ ओभानो बन्छ, थकाइ त मलार्ई पनि लागेको छ भोकले आच्छु आच्छु म पनि भएको छु तर भनौँ पो कसलार्ई यो जङ्गलको बाटोमा ।
केही समय हामी दुवै मौनतामा लुकामारी खेल्छौँ । पर क्षितिजसम्म मौन संवादको धारा प्रवाह बग्छन् मसँग सवालका उद्बेगहरू नै लहरिन्छन् । मौनताले चिमोट्छ हामी दुवैलार्र्ई, ऐया आत्था बनाउँदै । सुसेलिरहन्छ बतास, चलमलाई रहन्छन् सल्लाका डाली । बाटोको दायाँ बायाँ तलमाथि नियाल्छु म सालको ठुटो बाघ र स्याल बनेर बसेको छ । कस्तो अचम्म मनले जे सम्झियो त्यही आकृति खडा भैदिन्छ अगाडि । सोचाइ, सम्झाइ र भोगाइ त्यसैले पनि पृथक बनेको हुनसक्छ । सोचाइको खिचडी पकाएँ मैलेमौनतालाई सापटी लिएर ।
To Be Cont......

No comments:

Post a Comment