Nepali Calendar

Monday 25 March 2013

Mero Pyaro Sathi

·
काला गोरा जे भयनी साथी भन्या साथी हुन्छ
अरु भन्दा सधै उ १ कदम माथी हुन्छ,
न मनमा स्वार्थ छ न कुनै लोभ ,
साथको लागी सबै त्याग्ने उ सारै जाती हुन्छ
काला गोरा जे भयनी साथी भन्या साथी हुन्छ
अरु भन्दा सधै उ १ कदम माथी हुन्छ,

Saturday 23 March 2013

Nepali Gajal

संसारको अन्त्य सम्म हाम्रो माया बाची रहोस
मुटु भित्र छाती भरि माया प्रिती साची रहोस //

यदि तिम्ले खोज्यौ भने मेरा सामु उदाहरण नि
देखाउन त्यति बेला जोडी ढुकुर नाची रहोस //

उपचार हुन्न कतै दुनियामा माया पिरती /
कस्तो छ त बुज्न लाई आत्माले जाची रहोस //

छुटाउन हाम्रो साथ बैरी हरु लाउदा खेरि
देउताले उन्का सबै खुट्टा हरु भाची रहोस //

Monday 18 March 2013

Nepali Gajal

बल्झिएर अतित मेरो पाटो जिन्दगीको ।
कोट्याउदैछु घाउ आज खाटो जिन्दगीको ।

शहरमा हुर्किएकी मत गाउ भित्र ।
फरक र यो मैले खाने आटो जिन्दगीको ।

रोपनेलेनै जान्नु पर्ने फुल फुलाउन ।
मिल्नु पर्छ पानी गोबर माटो जिन्दगीको ।

जोडिएर भागय रेखा छुट्यो सम्ब्न्धको ।
आज यस्थो कथा बन्यो लाटो जिन्दगीको ।

पिरतिको खेल जबा बुजे उन्को ।
छुट्टा छुट्टै भयो अनि बाटो जिन्दगीको ।

Saturday 16 March 2013

अन्तिम पत्र

Jamuna....
के शब्दले सम्बोधन गरु तिमीलाई आफैँ अलमलमा परे अनि सोचे तिम्रो नाम मात्रै लेखु । कति नमिठो हुदोँरहेछ विछोडको पिडा...नचाएर पनि भोगीरहेको छु । मिलनका कसमहरु पुरा गर्न नसक्दा यो अन्तिमपलमा पनि तडपिरहेको छु । तडपिनु बाहेक अरु के नै गर्न सक्छु र जब समयले नै धोका दिइगयो । साथ रहने वाचा हाम्रा सबै खेर भयो । विवशता अनौठो आइलाग्यो, अप्ठेराहरु अच्चमका देखापरे । सधैँ साथ दिन्छु भन्थे तर बाध्यतावश हाम्रो साथ छुट्यो ।.....
.......
..
Jamuna..दोष तिम्रो केही छैन । दोष त मेरो नै हो । यो धर्तिमा आउँदा भगवानसित थोरै समय मात्र लिएर आएको रहेछु । तिमीसँगै जीवन बिताउने चाहना थियो तर सबै इच्छा कहाँ पुरा हुदाँ रहेछ र !!!
Jamuna... तिम्रो हृदय अब धेरै नदुखाउनु । म तिमीबाट धेरै टाढा जादैँछु, सक्छौ भने मलाई माफ गरिदिनु । मलाई बिर्सी आफ्नो नयाँ संसार बसाउनु... तिम्रो खुशिमा नै मेरोखुशि छ...बिन्ती तिम्रो नयनबाट कहिल्यै आशुँ नर्झानु । यो जुनीलाई यस्तै भो अर्को जुनी संगै बिताउलाँ ।
तिमीलाई माया गर्ने
prashant

तिमीलाई प्रेमपत्र

खै काहाँबाट शुरु गरौँ मेरा भावनाहरु, सायद कसैको लागि यो मेरा पहिलो र अन्तिम पत्र होला । यो पत्र च्यातेर फाल्नु अगाडि तिमी एकपटक मेरो भावनालाई बुझ्ने प्रयास गर । सम्बोधन गर्दिन म तिमीलाई , प्रिये भनु भने यो मनले मान्दैन ।
हराई रहेछु म सपनाको संसारमा तिमी मेरो सपनाको एक मुख्य पात्र हौ । तिमी बिनाको मेरो सपना अधुरो रहनेछ । आज मलाई यो के भैरहेको छ खै, कसरी म आफ्ना मनका भावना व्यक्त गरौँ ? म तिमीलाई एकदमै माया गर्छु । कहिलेदेखी र किन भन्ने प्रश्न को उतर मसँग छैन ।
मसँग छ त्यो सुर्यको किरण जुन हिँउले ढाकिएको पहाड आइ ठोकिएको छ, हो तिमी मेरो किरण हौ । म यो सानो कागजको टुक्रामा आफ्नोमनको बह पोख्दै छु । तिमीलाई सम्झेर मैले यो कागजमा के के लेखेँ आफैलाई थाहा छैन ।
संसारलाई बिर्सिसकेँ तिम्रो यादमा,रचीसकेँ प्रितका गितहरु । थाहा छैन आज यो सब किन भैरहेको छ । साहित्य आफै प्रस्फुटीत हुदा रहेछन् । जुन मानिस प्रेममा पर्छ,उस्ले आफनो मायालाई सम्झेर के के लेख्छ के के आफैलाई थाहा हुदैन भन्नेत सुनेको थिए तर मैले सुनेको कुरा सही रहेछभन्ने लागिरहेको छ । आज आकासरुपी यो सुनसान शान्त छानो र चम्किला ताराहरुको माँझमा बसेर सम्झदै छु । त्यही क्षण र त्यही मायालु अनुहारलाई। थाहा छैन आफैलाई यो के भैरहेको भनेर ।
I don’t know others existing in this world but only I love you, please don’t break my heart. Because I have totally sacrificed my life towards you. I only know you. I am ready for waiting you decades.
थाहा छैन तिमीले यो पत्र पढेर के सोच्ने छ्यौ, सायद मलाई नै सम्झीरहेकी या हुनेछौ, तिमी मेरो हरेक धड्कनसँगै धड्कीरहेकी छौ ।तिमी मेरो मुटुमा कैद छौ । मेरो मुटुको प्रत्येक धड्कनले तिमीलाई पुकारीरहेछ । म तिमीलाई आफुभित्रै राख्न चाहान्छु । यदि तिमी आफुलाई खोज्न चाहान्छौ भने आउ म देखाउनेछु तिमी काँहा छौ मेरो जिन्दगीमा भनेर । तिमी मेरो मन, मुटु,मस्तिष्क अनि मेरो रक्तकणमा नशा झै घोलिएर मेरो जिवनमा छाएकी छ्यौ । मेरो जिवमा तिमी केवल आफुलाई पाउनेछौ मात्र आफुलाई ।
कति लेखु, जति लेखेपनि थाक्दैनन यी औलाहरु,अनि सकिदैनन मेरो मत्रभित्रबाट तिम्रा निम्ती जन्मिएका मायाप्रेमका शब्दहरु । Pleas e मेरो भावनालाई नटुक्राउ ल यदि तिमी मलाई चाहदैनौ भने म जानेछु धेरै टाढा तिमी जिवनबाट कुनै अपरिचित मायालु बनेर । जति कुरा लेखे पनि प्रत्येक शब्ले भनि रहेको छ कि I Love You , के तिमी मलाइ माया गर्छौ, तिम्रो निर्णयले नै मेरो जीवनको बाटो निर्धारण गर्नेछ ।
तिम्रो जवाफको प्रतिक्षामा........................................................

Wednesday 13 March 2013

Heart touching Story...♥

Real love गर्नेहरुले अवश्य पढ्नुहोला.
केही समय अगाडि सोलोमन राजाको एउटा ठुलो र सुन्दर
बगैँचा थियो। त्यस बगैँचामा विभिन्ऩ थरिका सुन्दर
फुलहरु
फुलिरहेका हुन्थे अनि ऋतु परिवर्तन सगैँ चराचुरङ्गीहरु
पनि बसाईँ सर्न आउथे। यसै क्रममा एकदिन white birds
हरु
बसाईँसर्न भनि आए।
white birds हरु white rose को बगैँचामा बस्ने
निणर्य
गरे....अनि त्यहीँ बस्न थालेँ।
एकै स्थानमा बस्ने क्रममा एउटा white bird ले
एउटा white
rose लाई मित्रताको प्रस्ताव राख्यो अनि त्यस दिन
देखी एक अर्काको Best frn भएर दिनहर खुसीसगँ
बिताउन
थाले....
दिनहरु खुसीसगैँ बित्दै गएपनि White bird ले भने भित्र
भित्रै white rose लाई मन पराउन थालिसकेको थियो।
उसले rose लाई purpose गर्ने विचार गर्यो...
उसले एक दिन rose लाई purpose गर्योँ। Rose ले
उसको Purpose reject गरी। बिचरा! Bird , उ धेरै
रोयो करायो अनि भन्ऩ थाल्यो.
"".I really love u ♥♥...म तिमीलाई Heart
देखी चाहान्छु..यस्तै ­ यस्तै त हो नि, जे भए
पनि उसको बोलीमा सत्यता थियो कुनै
बनावटी भनाईहरु थिएन
तर
Rose भन्थि "u r my best frn" मैले तिमीलाई कहिल्यै
पनि त्यस्तो नजरले हेरेको छैनं...I can't...
But
Bird को बिलौना त्यस्तै थियो
त्यसकारण अन्तिममा rose ले एउटा सर्तमा मात्र Bird
को Purpose accept गर्छु भनी..
((मित्रहर यदि तपाई आफ्नो मायालुलाई एकदम
माया गर्नुहुन्छ
भने के तपाई उसले भनेको जस्तोसुकै पनि सर्त मान्ऩ तयार
हुनुहुन्ऩ र?? चाहे Death नै किन नहोस्..))त्यसका ­ रण ऊ
मन्जुर भयो र सर्त सुनाउन अनुरोध गयौँ..
अनि Rose ले सर्त भनी,
" जुन दिन देखी म Red rose मा Change हुन्छु
त्यो दिनदेखी म तिमीलाई मन पराउछुँ..."
अब Bird दोधारमा पर्यो के गर्ने? मन्जुर भयोAfter
one
weak...
White rose red rose मा change भएन
After 3 month, After 6 month and one year
white rose red rose मा Change भएन
अनि उसले white rose को माथि गएर आफ्नो घाटीँ रेटेर
आफ्नो Blood White rose माथि पोख्यो...
अनि white rose बिस्तारै Red roseमा change
भयो...र
मन पराउन थालि
तर
त्यती बेला निकै ढिलो भईसकेको थियो।
Bird ले प्रेममा आफ्नो ज्यान गुमाउनुपर्योअनि Rose ले
सच्चा प्रेमी..

Saturday 9 March 2013

मलाई डरा लागी रहेको छ कतै मेरो र मरियम को प्रेम पनि राज र नुर जस्तै त हुने होईन ? ? ?? ?

कतै मेरो र मरियम को प्रेम पनि राज र नुर जस्तै त हुने होईन ? ( It Is Real Story Me Ramkumar & Mariyam)
=============== ­=============
सँधै जस्तै Duty बाट थाकेर म रुम पुगे अनि Uniform खोली खाना बनाउन तिर लागे,
खाना - साना बनाइ सके पछी यसो यकै छिन Facebook को पाना पल्टाउन थाले , हेर्दै जादा मेरो नजर १ पेज माथी पर्न गयो जाहा नेपाली अनि अरबी केटिको बियोगान्त प्रेम कथा सिर्सकमा कथा Post भयको रहेछ,
म खुब ध्यान दियर पड्न थाले , जती शब्द हरु माथी मेरो नजर पर्न जान्थ्यो तेती नै म स-संकित हुन पुग्थे , अनि भित्र भित्रै डरको ज्वारभाटा हरु उर्लिन थाल्दथे, म कथालाई बिचमा नै थाती रखेर लामो सास लिदै पुन बिसतारै तर भयबित पाराले ति कथाको
अन्तिम सम्म पुग्न खोज्दछु , डर अनि भयले मन्मा ढ्यांग्रो बजाइ रहेको थियो,
बल्ल - बल्ल कथालाई सकाय तर मनको डर-त्रास भने झन झन जवान हुँदै थियो, भित्र भित्रै आसंखाको घेरोले आफैलाई खादै थियो,
हो साथी यो कथा कतै मेरो सजगताको लागि त लेखेको होईन जस्तो लाग्न थालेको थियो मेरोमनले ।
कुरा आज भन्दा ९ महिना को हो जुनको महिना म हस्पिटलमा क्लिनर फोरेम्यान को रुपमा कार्यरत थिय , कार्यकालको समयमा यका दिन १ केटी सँग सामान्य कुराकानी भयको थियो , जो त्यो दिन पेसेन्ट को रुपमा आयकी थि, पछी उ हप्ताको २-३ पटका आउन थाली तेसै बिच कुराकानी बड्दै जान थाल्यो अनि मोबाइल Number साटासाट पनि भयो , बिसतारै सामान्यपरिचय बाट साथी , साथी बाट यकदिन मायाको रुपमा परिणत हुन
पुग्यो , उसको नाम मरियम थियो , हरेक दिन उसले मलाई फोन गर्थी अनि धेरै बेर कुरकानी चल्दथ्यो , उ भन्थी '' तपाइ मेरो जिन्दगी हो तपाइ बिनाको जिबनको कल्पना गर्नु भनेको आत्मा बिनाको सारीर जस्तै हो मेरो लागी '' तर मलाई कता कता यका प्रकार को डर ले झस्काइ रहन्थ्यो , उ मुस्लिम जाती म हिन्दू त्यो पनि हाम्रो समानता आकास पातालको , अनि म उस्लाई सम्झाउन खोज्दथे , कि हाम्रो माया सम्भब छैन , '' तिमी काहा धनी बाबुकी यक्ली छोरी म काहा । । । । । । । । तिमीले १ महिना खाने Break फास्ट बराबर मेरो १ साल को खाना पुग्छ, अनि म हिन्दू तिमी मुसलमान , यो समाजले हामिलाई माया गरेर बस्न दिदैन मरियम '' तर उ म प्रती पागल भयकी थि कसै गरी पनि मान्ने वालामा थिइन ।
मेरो हरेक सुक्रबार अफ हुन्थ्यो उ मलाई लिन आफ्नै कारमा मेरो रुम सम्म आउँदाथ्यो , क्यामका सब्बैले भाउजु , बुहारी भनेर जिस्काउने गर्दथे तेस बाट झन खुशी हुन्थी , अनि हामी कहिले मम्जार पार्क , कहिले मिसृफ पार्क त कहिले Oman को बोर्डर छेउ १ Alzahidaah रेस्टुरामा जाने गर्दथेउ............... ­.
म अनि मारियम बिच यसरिनै चलिरहेको थियो , १ दिन म र उ जुमेर पार्कमा थियौ एक्कासी उसकोबाबा अगाडी देखिनु भयो अनि उस्लाई त्याहा बाट लियर जानु भयो । तेस दिन म ट्रेनमा फर्किय ...............
तेस दिन देखी मरियम सँग १ महिना कुरा हुन सकिन नत मोबाइल लाग्थ्यो नत इ-मेल नै , पछी १ नया Number बाट कल आयो केटाको आवाज थियो
.......
अरबी लवजमा ब्लोन थाल्यो , अनि मेरो क्याम्प सोध्न थाल्यो म डराइ डराइ को हो?सम्म भन्न सके , पछी थाहा पाय मरियम को बुवा रहेछ अनि म सँग भेट्न खोज्नु भयको रहेछ , म पनि मनमा धेरै खुशी अनि मनमा डर बोकेर मरियम सँग उस्को घर गय ।
त्याहा उस्को मम्मी दाइ भाइ अनि उस्को साथी लईला पनि थि ,
कुरा कानी हुँदै गयो उस्को बाबाले , मरियम सँग बिबाहा गर्न २ ओटा सर्तहरु राखे
१ . नेपालको नागरिकता छाड्ने
२ . हिन्दू बाट मुस्लिम बन्नु पर्ने
जुन मेरो लागी २ ओटै मुस्किल थियो
यो सर्त ५ महिना भित्र मान्नु पर्नेछ नत्र उस्को बिबाहा आर्कै सँग गरिदिने छन । यो ३ महिना बिती सक्यो बाकी २ महिना छ,
यदी मैले २ महिना सम्म पनि कुनै निर्णय नदिय यहाँ मैले ठुलो
नोक्सानी बेहोर्नु पर्नेछ,
यदी म बहेक अरुलाई अंगाल्न परे उसले आत्म हत्या गर्ने दिने धम्की मलाई दि रहेको छ ।
म पनि उस्लाई धेरै माया गर्छु र गुमाउन पनिचाहान्न , र सर्त हरु पनि आत्मसाथ गर्न सक्दिन,
किनकी म मेरो धर्म अनि देसलाई धेरै माया गर्छु मरियम जती............ ­............... ­......
मलाई डरा लागी रहेको छ कतै मेरो र मरियम को प्रेम पनि राज र नुर जस्तै त हुने होईन ? ? ?? ?

Wednesday 6 March 2013

केटी साथी

मत भन्छु केटी लाई साथी नबनाउ,
नाना भाती भनि कहिले माथी नबनाउ,
फोकटको प्रसंसा र झुटो बातले
घमन्डिलाई कहिले पनि जाती नबनाउ,
मत भन्छु केटी लाई साथी नबनाउ,
नाना भाती भनि कहिले माथी नबनाउ,

Tuesday 5 March 2013

Nepali Jokes Haru(राम कुमार खडका): Disha ki Haluwa

Nepali Jokes Haru(राम कुमार खडका): Disha ki Haluwa: " श्रीमतीले यस्तो काम गरे पछि " रामे कि श्रीमती नानी को दिसा जँचाउन ल्याबमा गइछे.... डाक्टर :- यो त दिशा होइन, हलुवा पो हो । ...