Nepali Calendar

Wednesday 17 April 2013

Real Story ''Nepali Lady In UAE''

''सधा जस्तै आज पनि एउटा तितो एथार्थ कोर्न मन लाग्यो''

सुक्रबारको दिन म यु. ए. इ. को देरा भन्ने ठाउमा साथि सँग हिन्दै थिय ,साथिले धेरै दिन देखि मलाइ एउटा जक्सनमा लियर जाने भन्ने प्लान को मुताबिक हामि त्याहा गयका थियौ। Street 26D बाट छिरेर म अनि मेरो साथि एउटा Building म पस्यै त्याहा १ कालो केटा मान्छे २० दिराम ३० दिराम भन्दै थियो, यो देखेर मलै एकै छिन त रत्न पार्क मा बसेका फुटपाथ मा बेच्न राखेका समान को मोल मोलाइ भैरहेछ जस्तो लाग्यो
अनि हामिले त्यो केटालाइ काहा काहाको माल पाइन्छ भनेर सोद्धा उसले Bangali ,Indonesia ,Srilanka,Ethiyopiya , भन्दै थियो अनि साथिले २५ दिराम दियर Indo लियर गयो अनि म चाहि Philip.. को साथमा गय।एउटा सानो रुम मा लियर गयो मलाइ उसले अनि English म बोल्न थाल्यो मैले नाम सोधे उसले Elren भन्यो अनि मैले नि उस्लै आफ्नो नाम भने, उ हल्का झस्किय जस्तै भो किन हो थाहा छएन, अनि म उ सँग काम गर्न भन्दा नि कुनै जिग्यासा हरु सोध्न चाहान्थे, अनि उस्लाइ सोध्न थाले, यस्तो काम गर्नुको करण , उ बताउन चाहान्न थि , मैले धेरै कर गरे पछि उ रुन थालि म अचम्म मा परे उ किन रुन थालि थाहा भयन, मैले उस्को टाउको मुसार्दै I'am Sory भने , ''तपाइको कुनै गल्ति छएन '' म नेपालि आवाजले झस्किय त्यो आवाज त्यो केटिको मुखबाट आयको थियो म अलमल्ल परेको देखेर, उस्ले म नेपालि हु यो सुन्दा म झन दोधारमा परे, अनि म हल्का पन्छियर बसे ,अनि उस्लाइ सोधे किन यस्तो काम गरेको, तेस पछि उस्ले आफ्नो बेदना पोख्न थालि,
२०११-३-१२ मा House Maid को लागि म UAE ,Dubai आयको थिय काम घर्को भयनि मलाइ धेरै गारो थियो बिहान ४ बजे उठेर राति १२-१ बजे सुत्न पाइन्थ्यो तर पनि म काम गर्दै थियो तेस्पछि का दिन मेरो लागि धेरै गारो हुन थाल्यो। हरेक दिन यातना दिने अनि हरेक पटक साहु बाट म माथि यैन सोषण हुन थाल्यो, तेतिकै एक दिन १ बंगालि केटि संग परिचय भयो होस्पिटल्मा अनि उस्ले आफुलाइ पनि यस्तै भयको र पछि भागेर यौन पेसा अंगालेको बताय पछि। म पनि त्यो नर्का बाट उम्केर याहा काम गर्दै छु। अब घर जाउ भने passport छैन कसरि जाने, उता बाबा आमा भाइ छन उनि हरुलाइ पनि आफैले पाल्नु छ अब सायद यहि मर्छु होला एक दिन , यतिकै मा उसले भनिन यदि म मरे भने मेरो लास नेपाल पुर्याइ दिनु है, यो भाब बिहोल बाणि हरुले मलाइ छेत बिच्छेत गरायो, म केहि बोल्नै सकिन बस मैले उस्लाइ नेपाल फर्काउने आस्वासन दिदै कोठा बाहिर आय आउने बेलामा Ph:- No छडेर आयको थिय, साथिले कुर्दै रहेछ , हामि Taxi चधेर Room आयौ , बाटो भरि उस्लेभनेका तिनै कुरा खेलाउदै अनि प्रदेसमा रहेका आफ्नो नेपालि दिदि बहिनि लाइ सम्झेर एक पटक आसु झर्यो,
अनि धेरै कमाउने सपना बोकेर आफ्नो प्यारो जन्म भुमि त्यागेर आयका तिनै नेपालि चेलिलाइ सम्झेर मन रुलाय,



भोलि पल्त म Duty जान भनि Uniform मिलाउदै थिय Mobile म SMS घन्टि बज्यो ।मैले वास्ता गरिन किनकि Du Network ले पैसा हाल भनेर धेरै SMS पठाउने गर्दथ्यो, तेतिकै Mobile गोजिमा हालेर म Bus चड्न गय , केहि समय पछि अब Face Book Statuse मा Good Morning लेख्नु पर्यो भनि Mobile Open गर्दा नौलो Number बाट Massage आको रहेछ, खोलेर हेर्न थाले,

Dear दाजु मलाइ माफ गर्नु होला
आज म यो नरकिय संसार बाट मुक्ति भयर टाडा जदै छु, मैले हजुर्को चाहाना पुरा गर्न सकिन मलाइ माफ गरिदिनु होला ल.......तपाइकि बहिनि कमला (Name change)
म छगा बाट खसे जस्तै हुन पुगे हिजो भर्खर तेति रम्रो सँग कुरा गरेर आको आज यो संसार मा छैन भन्दा म पत्यौनै सकिन अनि तेहि Number म कल गरे कुनै आर्को केटिले उठायो अनि उस्ले मलाइ भनि अब कमला रहेन ,
अब भने पक्क भयो म माथि झन् कालो बादल ले छायो।
सारा आकास कलो भयो दुनिया सारा यकै पटक सोक मनय झै लग्न थाल्यो।
म Manager संग कुरा मिलायर त्याहा गय न भन्दै Uff मैले हेर्नै सकिन
म इस्तब्ध भय केहि बोल्नै सकिन, एकै छिन पछि पुलिस आयो अनि लास लाइ गाडिमा हालेर लग्यो, म झन् आफुलै निरास बनाउदै रुम फर्किय
.................................
आज धेरै दिन भै सक्यो उ संसार बाट टाडा भयको तर आज पनि जब म त्यो बाटो भयर् हिन्छु तेहि घटनाले सताउछ,,,,,,,,,,,,,
,,,,,,,अनि उहि नेपालि चेलिको दर्दनाक कथा ले पिरोल्न थाल्दछ...........................


Tuesday 16 April 2013

अधुरो प्रेम

कहाँ बाट शुरु गरौं?तिम्रो र मेरो यो छोटो प्रेम कहानी प्रिय। कुरा आज भन्दा छ, वर्ष अगाडिको हो। जब म स्कुलले जीवनमा थिएँ। म र उनी अर्थात हामी समकक्षी साथी थियौं। एउटै कक्षामा पढ्ने साथी भएकै कारणले पनि हामी निकट थियौं। हामी एक अर्काको भावाना बुझ्थ्यौं।केही नबोले पनि धेरै बोले जस्तो। धेरै बोले पनि केही नबोले जस्तो। एकैछिन् एक अर्कासँग टाढा हुँदा पनि नास्रो लागेर आउथ्यो। हामी एक अर्काको दु:ख पीडा आँखामै हेरेर बुझ्थ्यौं। मीठो बोली,शालिन व्यवहारका कारण सबैको मनमा अमिटछाप छोड्न चुक्दैन थियौं हामी। क्लासमा पनि सधैं पहिलोहुन्थ्यौं हामी।
गाउँ घर मेलापातमा जाँदा पनि सँग सँगै हुन्थ्यौं हामी। यसरी हातेमालो गर्दै हाम्रो खुशिका पलहरू अगाडि बडिरहेका थिए।
यस्तैमा एक माघको कुरा हो। गाउँ घरमा श्री-स्वास्थानी वर्त लिने महिना थियो। पूजासमापन गर्नको लागि फूलको आवश्यक भएकाले धार्मिक आस्था भएका हामी फूल टिप्न भनि माथि लेखको उकालोतिर लाग्यौं। त्यहाँ हामीले धेरै थरीका रंगी विरंगी फूलहरू टिप्दै झोलमाराख्दै गर्यौं। मन त्यसै त्यसै फुरुङ भएको थियो। हामी रमाउदै हराउदै मस्तमा थियौं। उकालो उक्लिएर, उरालो झरेर थाकेको शरीरको थकाई मेटाउने उदेश्यले हामी गुराँसको फेद मुनि बस्यौं।
हाम्रो पवित्र प्रेम देखेर हामी वरिपरिको सम्पूर्ण वातावरण पनि झुमिरहेको जस्तो लाग्थ्यो।एकछिन थकाई मारिसकेपछि केही आनन्दको महसुस भयो। घाम पनि पूर्व दिशा बाट सर्दै पश्चिम क्षितिजमा पुगिसकेको थियो। हामी घर फर्किने सुरसारमा थियौं। उनको चन्द्र जस्तो उज्यालो मुहार। निधारको बाटो हुँदै आँखा छोप्न आइपुगेको त्यो कालो रेशमी केश। उनी निहुरिएर एकहोरो डुब्न लागेको घामलाई हेरेर ओठभरी मुस्कान खेलाउथिन्। मैले उनको ध्यान आफुतिर तान्ने हेतुले घाँटीसाफ गर्दै भनें-केही कुरा गरन,किन मौन भएकी?
प्रत्युउत्तरमा मीठो मुस्कान छोडिन् र लाजाउदै आफ्नो शिर थोरै भूइतिर झुकाइन् उनले। मैले पनि उनको भावना बुझी हालें। र धेरै अगाडि देखि भन्न खोज्दा खोज्दै पनि उनी सामु व्यक्त गर्न नसकेको प्रेम फुकाउने मनसायले भनें-तिमीलाई केही भन्नु थियो भनुँ?उनले मौन स्विकृति जनाइसकेपछि मैले आफ्नो मुटु दह्रो बनाएर भनें-म तिमीलाई माया गर्छु। मैले आफ्नो वाक्य पूरा गर्न नभ्याउदै,
उनले भनिन्- सत्य?धन्य ईश्वर भन्दै मुसुक्क हाँसिन्।
मैले बुझें म मात्रै उनलाई मन पराउने होइन रहेछु। उनी पनि मलाई मन पराउदी रहिछिन् भन्ने कुरा। त्यसैदिन हामीले चोखो प्रेमको अनुभूती एक आपसमा अंकमाल गरेर साटासाट गर्यौं। गुराँसको फेद मुनि बसेर देउराली साँची राखेर कहिल्यै नछुट्ने कसम पनि खायौं।
त्यसपछि पूजाको लागि टिपेको फूल लिएर घर फर्क्यौँ। पूजा सम्पन्न भयो। दिनहरू व्यतित हुँदै गए।
। हाम्रो प्रेम पनि दिनप्रतिदिन गाढा हुँदै गयो। नजर जुधाउदै,माया दर्साउदै,मेलापतगर्दै­­ हाम्रो मिलनको रमाइला दिनहरु बित्दै थिए। समयको खेल भनुँ अथवा भाग्यले झेल गरेको हो,बिडम्वना!मेरो वैदेशिक रोजगारको लागि भीसा लाग्यो। म मलेशिया उड्नुपर्ने भयो।
भाग्यको लहरामा लहरिँदै उनी सँगको सुनौलो भविष्यको परिकल्पना गर्दै बिदा मागें।उनी भावुक हुँदै गह भर्दै भनिन्-
पर्दैन जानु।
मैले सम्झाएँ केही दिनको कुरा त होनि। बुझ्ने कोसिस गर प्रिय। मेरो शरीर जरुर तिमी बाट टाढा हुन्छ। तर मेरो मन हर पल हर क्षण तिमीसितै रहनेछ। अन्तिममा उनले बिदाइको हात हल्लाइन्। म पनि मनको पीडा लुकाएर देखावटी हाँसो हाँस्दै आफ्ना आमा बुवा साथीभाईहरू आफ्नी प्रियसी मुटुको धड्कन सँग र प्यारो म्याग्दी, मेरो जन्मभूमि,कन्चन बग्ने काली गण्डकीलाई छातीभरी सजाएर कर्मभूमि मलेशियातिर लागें।
आज यो विरानो शहर मलेशियमा उनकै यादमा पानी बिनाको माछा जस्तै तड्पिएर रात दिन काटिरहेको छु। केवल उनकै यादमा।



राम बरुवाल
म्यागदी
(मलेशियमा)

www.facebook.com/gharakhola

Monday 8 April 2013

नेपालिको घर

महल भन्दा प्यारो नेपालिको घर हुन्छ ।
तल रातो माटो, माथि छाहारी खर हुन्छ ।

झुपडी भनेर पो के भो दुनियाले हामीलाई
त्यही झुपडी भित्र अनेकौ रहर हुन्छ ।


Ramkumar Khadka
''Yatree''
Kathar 8 Gaidaha

Monday 25 March 2013

Mero Pyaro Sathi

·
काला गोरा जे भयनी साथी भन्या साथी हुन्छ
अरु भन्दा सधै उ १ कदम माथी हुन्छ,
न मनमा स्वार्थ छ न कुनै लोभ ,
साथको लागी सबै त्याग्ने उ सारै जाती हुन्छ
काला गोरा जे भयनी साथी भन्या साथी हुन्छ
अरु भन्दा सधै उ १ कदम माथी हुन्छ,

Saturday 23 March 2013

Nepali Gajal

संसारको अन्त्य सम्म हाम्रो माया बाची रहोस
मुटु भित्र छाती भरि माया प्रिती साची रहोस //

यदि तिम्ले खोज्यौ भने मेरा सामु उदाहरण नि
देखाउन त्यति बेला जोडी ढुकुर नाची रहोस //

उपचार हुन्न कतै दुनियामा माया पिरती /
कस्तो छ त बुज्न लाई आत्माले जाची रहोस //

छुटाउन हाम्रो साथ बैरी हरु लाउदा खेरि
देउताले उन्का सबै खुट्टा हरु भाची रहोस //

Monday 18 March 2013

Nepali Gajal

बल्झिएर अतित मेरो पाटो जिन्दगीको ।
कोट्याउदैछु घाउ आज खाटो जिन्दगीको ।

शहरमा हुर्किएकी मत गाउ भित्र ।
फरक र यो मैले खाने आटो जिन्दगीको ।

रोपनेलेनै जान्नु पर्ने फुल फुलाउन ।
मिल्नु पर्छ पानी गोबर माटो जिन्दगीको ।

जोडिएर भागय रेखा छुट्यो सम्ब्न्धको ।
आज यस्थो कथा बन्यो लाटो जिन्दगीको ।

पिरतिको खेल जबा बुजे उन्को ।
छुट्टा छुट्टै भयो अनि बाटो जिन्दगीको ।

Saturday 16 March 2013

अन्तिम पत्र

Jamuna....
के शब्दले सम्बोधन गरु तिमीलाई आफैँ अलमलमा परे अनि सोचे तिम्रो नाम मात्रै लेखु । कति नमिठो हुदोँरहेछ विछोडको पिडा...नचाएर पनि भोगीरहेको छु । मिलनका कसमहरु पुरा गर्न नसक्दा यो अन्तिमपलमा पनि तडपिरहेको छु । तडपिनु बाहेक अरु के नै गर्न सक्छु र जब समयले नै धोका दिइगयो । साथ रहने वाचा हाम्रा सबै खेर भयो । विवशता अनौठो आइलाग्यो, अप्ठेराहरु अच्चमका देखापरे । सधैँ साथ दिन्छु भन्थे तर बाध्यतावश हाम्रो साथ छुट्यो ।.....
.......
..
Jamuna..दोष तिम्रो केही छैन । दोष त मेरो नै हो । यो धर्तिमा आउँदा भगवानसित थोरै समय मात्र लिएर आएको रहेछु । तिमीसँगै जीवन बिताउने चाहना थियो तर सबै इच्छा कहाँ पुरा हुदाँ रहेछ र !!!
Jamuna... तिम्रो हृदय अब धेरै नदुखाउनु । म तिमीबाट धेरै टाढा जादैँछु, सक्छौ भने मलाई माफ गरिदिनु । मलाई बिर्सी आफ्नो नयाँ संसार बसाउनु... तिम्रो खुशिमा नै मेरोखुशि छ...बिन्ती तिम्रो नयनबाट कहिल्यै आशुँ नर्झानु । यो जुनीलाई यस्तै भो अर्को जुनी संगै बिताउलाँ ।
तिमीलाई माया गर्ने
prashant