Nepali Calendar

Wednesday, 20 February 2013

कहानी बिक्दैछ

लिन्छौ भने लईजाऊ कहानी बिक्दैछ!
विदेशमा युवा आफ्नो जवानी पिस्दैछ!

पागल् प्रेमी मुटु छाम्दै प्रियको यादमा!
रुँदा रुँदै आँसुले नै सिरानी भिज्दैछ!

शान्ति खोजेँ देशैभरि अशान्ति छ खै!
रात पछि त्यहाँ हरेक् बिहान निभ्दैछ!

महँगी छ जताततै दुखिलाई झन् दुःख!
भोको पेट हातले त्यो किसान मिच्दैछ!

स्वाभिमानी वीर भनी पुर्खाको बहादुरी!
बद्नामीकै मसिले त्यो निसान फिट्दैछ!

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया ———————————

No comments:

Post a Comment