Nepali Calendar

Wednesday 27 February 2013

दिल छुने कथा पुरै पढ्न नभुल्नु होला !!

दिल छुने कथा पुरै पढ्न नभुल्नु
होला !!
क्यानडामा घटेको सत्य कथा
एउटा केटा जसको नाम डेबिट
थियो, उसको जन्म एक सामान्य
परिवारमा भयो, उसको आमा धेरै
खुशी भईन !
एक दिन उनि छोरालाई सुताईराखेर
बगैँचामा गईन !
जब उनि बगैँचामा थिईन
उनको घरमा आगो लाग्यो !
उनि छिटो भन्दा छिटो दौडिएर
आफ्नो छोरालाई बचाउन घर तर्फ
गईन,
मान्छेहरुले उनलाई रोक्ने कोशिस गरे
तर उनिहरु सफल भएनन !
उनि आफ्नो छोरा सुतेको ठाँउमा पुगिन
छोरा सकुशल रहेछ,
तर अचानक उनको कपाललाई आगोले
भेट्यो र उनि आगोले जल्न पुगीन् !
उनको जिवन आगोले
पोलेको दागबाट धेरै खराब हुन
पुग्यो ,
छोरा ठुलो हुदैँ गयो र धेरै धनि भयो र
उ शहर तिर बसाँई सर्यो !
किनकी उ धेरै लज्जित
भयो उसको आमाको शरिरको दाग
देखेर !
जब मान्छेहरुले उसलाई सोध्थे, उ
भन्थ्यो :-
मेरो परिवारमा मेरो आमा जस्तो नराम्रो कोही छैन...
एक दिन उसको आमाले
आफ्नो बारेमा छोराले भनेको सबै
कुरा थाहा पाईन र उनि साह्रै
दु:खि भईन,
उनले उनि कसरी नराम्री भईन भन्ने
कुरा बताउन शहर जाने निर्णय गरिन,
तर उनि चढेको बस अचानक
दुर्घटना भयो र उनको मृत्यु भयो !
त्यो छोराले त्यो खबर सुन्यो तर उ
धेरै खुशी भयो..
उ हतपत गाँउ गयो , उसले मान्छेहरु
धेरै दु:खी भएको देख्यो,
तर उसले कसैलाई
वास्ता नगरि सिधा आमाको कोठा भित्र
छिर्यो र महत्वपुर्ण कागजपत्र
खोज्न थाल्यो र उसले
आमाको पुरानो डायरी भेट्यो....
डायरीमा यस्तो लेखेको थियो:-
दिन 5th Sept 1980:- म मिस
टोरोन्टो प्रतियोगितामा बिजयी भएँ..!
दिन 14th Jan 1982:-
मेरो पति टोनि गेटसन एक
दुर्धटनामा परेर मृत्यु भयो र मलाई 6
महिनाको गर्भवति छोडेर जानुभयो !
दिन 2nd July 1983:- मैले
मेरो छोरालाई आगोबाट
बचाउँदा मेरो कपाल र
मेरो अनुहारमा दाग लाग्यो !
जब उसले यो सबै पढ्यो र धेरै
दु:खि भएर रुन थाल्यो, तर धेरै
ढिला भईसकेको थियो !
मोरल:- कहिल्यै
आफ्नो आमाबुबालाई दुर्व्यवहार
नगरौँ, उनिहरुले सधैँ हामीलाई
आशिर्वाद दिईरहेका हुन्छन र जब
हामी रुन थाल्छौँ उनिहरु हामीलाई
छोडेर गईसकेका हुन्छन !!

No comments:

Post a Comment