Nepali Calendar

Sunday 30 December 2012

Dukhad Prem Kahani.


धेरै अघिको कुरा हो । एउटा गरीव युवक
एउटी धनी साहुकी छोरी मन
पराउँथ्यो । उ लुकीलुकी ती किशोरीलाई
हेर्दथ्यो तर मन पराएको कुरा भन्न
सक्तैनथ्यो । समय वित्दै गयो, परिवारको पेट
पाल्न उसले चोरी गर्न थाल्यो ।
एक दिन राजाको घरमा चोर्न जाँदा ऊ पक्राउ
पर्यो ।
राजाको घरमा चोरी गर्नेलाई हतकडी लगाएर
बजार घुमाउने र मृत्युदण्ड दिने
चलन त्यो राज्यमा थियो । चलन अनुसार
उसलाई बजार घुमाइयो ।
साहुकी छोरीले त्यो चोरलाई देखेर छक्क परी ।
आफूलाई लुकीलुकी हेर्ने
त्यो युवकलाई सार्वजनिक स्थलमा फाँसी दिन
लागेकोमा उसलाई हुन
सम्मको पीर पर्यो । उसले बुवालाई भनी,
'बुवा म त्यो युवकलाई प्रेम गर्छु ।
उसलाई जसरी पनि फाँसी हुनबाट रोक्नु
पर्यो । न त्र म पनि आत्महत्या गर्छु

आफ्नी एउटै छोरी अप्रत्यासित रुपमा मर्न
लागेपछि साहु पनि आत्तियो ।
उसले सहरका सबै व्यवशायीलाई बोलाएर
छोरीको समस्या राख्यो । सबै
महाजनहरुले राजाकहाँ डेलिगेसन गएर भए
पनि उसलाई बचाउने भए । आफूलाई
कर तिर्ने साहुहरुको टोली नै भेट्न
आएपछि राजाले ध्यान् दिएर सबै
समस्या सुन्यो । राजाले भन्यो 'एउटालाई
सजाय दिदा अर्को पनि ज्यान जानु
दुःखद कुरा हो, तर आज मैले नियम मिचेर उसलाई
बचाए भने यसले
अराजकता निम्त्याउन सक्छ । म निर्णय
परिवर्तन गर्न सक्तिन । बरु
तिम्री छोरीले चाहन्छिन् भने केही समय भेट्न
सक्छिन् ।'
फाँसी दिनुअघि साहुकी छोरीले त्यो युवकलाई
भेटेर भनिन्, 'म तिमीलाई
प्रेम गर्छु । मैले तिमीलाई बचाउने प्रयास
पनि गरे, तर सकिन ।'
अघिसम्म मृत्युलाई सामान्य रुपमा लिएको युवक
आफूले
मनपराएको युवतीको प्रेम प्रसङ्ग सुनेर छक्क
पर्यो । पहिले आँखाभरी आँशु
पारेर युवतीलाई हेर्यो । केहीछिन् पनि हास्न
थाल्यो । हास्दै भन्यो, 'धन्यवाद
इश्वर, तिम्रो न्याय
राजाको भन्दा पनि न्युनस्तरको रहेछ ।'

No comments:

Post a Comment