Nepali Calendar

Monday 24 December 2012

किनबेच हुन्छ क्यारे माया,ब्यापारिको हातमा देखे,
जुनकिरी पनि रुदो रैछ,पुर्णिमाको रातमा देखे ।

मानिस ठुलो दिलामा हुन्छ,सबै यस्तै भन्ने गर्थे।
तर मइले दिलामा होइन ,मान्छे ठुलो जातमा देखे ।

छाती चिरी उपाहारमा , मायालुलाइ मुटु दिदाँ ।
लुकाएर राख्नु साटो, सुकाएको पातमा देखे ।

दिल खाली छ छिट्टै,आउ माया गास्न भन्नेको ।
दिलको ढोका खोली पस्दा,ठुलो दारो आतमा देख

सिरानी मुनी लुकाएर राख्थे भन्थे प्रेम पत्र ।
लुकायरा राख्नु साटो मल खातको खातमा देखे ।

जिबन भरी साथ दिन्छु,भन्ने कसम खान्थे कोही ।
कोही आयो धनी मान्छे ,त्यही मान्छेको साथमा देखे


राम कुमार खड्का '' यात्री''

No comments:

Post a Comment