Nepali Calendar

Saturday 16 March 2013

अन्तिम पत्र

Jamuna....
के शब्दले सम्बोधन गरु तिमीलाई आफैँ अलमलमा परे अनि सोचे तिम्रो नाम मात्रै लेखु । कति नमिठो हुदोँरहेछ विछोडको पिडा...नचाएर पनि भोगीरहेको छु । मिलनका कसमहरु पुरा गर्न नसक्दा यो अन्तिमपलमा पनि तडपिरहेको छु । तडपिनु बाहेक अरु के नै गर्न सक्छु र जब समयले नै धोका दिइगयो । साथ रहने वाचा हाम्रा सबै खेर भयो । विवशता अनौठो आइलाग्यो, अप्ठेराहरु अच्चमका देखापरे । सधैँ साथ दिन्छु भन्थे तर बाध्यतावश हाम्रो साथ छुट्यो ।.....
.......
..
Jamuna..दोष तिम्रो केही छैन । दोष त मेरो नै हो । यो धर्तिमा आउँदा भगवानसित थोरै समय मात्र लिएर आएको रहेछु । तिमीसँगै जीवन बिताउने चाहना थियो तर सबै इच्छा कहाँ पुरा हुदाँ रहेछ र !!!
Jamuna... तिम्रो हृदय अब धेरै नदुखाउनु । म तिमीबाट धेरै टाढा जादैँछु, सक्छौ भने मलाई माफ गरिदिनु । मलाई बिर्सी आफ्नो नयाँ संसार बसाउनु... तिम्रो खुशिमा नै मेरोखुशि छ...बिन्ती तिम्रो नयनबाट कहिल्यै आशुँ नर्झानु । यो जुनीलाई यस्तै भो अर्को जुनी संगै बिताउलाँ ।
तिमीलाई माया गर्ने
prashant

No comments:

Post a Comment