Nepali Calendar

Tuesday 16 April 2013

अधुरो प्रेम

कहाँ बाट शुरु गरौं?तिम्रो र मेरो यो छोटो प्रेम कहानी प्रिय। कुरा आज भन्दा छ, वर्ष अगाडिको हो। जब म स्कुलले जीवनमा थिएँ। म र उनी अर्थात हामी समकक्षी साथी थियौं। एउटै कक्षामा पढ्ने साथी भएकै कारणले पनि हामी निकट थियौं। हामी एक अर्काको भावाना बुझ्थ्यौं।केही नबोले पनि धेरै बोले जस्तो। धेरै बोले पनि केही नबोले जस्तो। एकैछिन् एक अर्कासँग टाढा हुँदा पनि नास्रो लागेर आउथ्यो। हामी एक अर्काको दु:ख पीडा आँखामै हेरेर बुझ्थ्यौं। मीठो बोली,शालिन व्यवहारका कारण सबैको मनमा अमिटछाप छोड्न चुक्दैन थियौं हामी। क्लासमा पनि सधैं पहिलोहुन्थ्यौं हामी।
गाउँ घर मेलापातमा जाँदा पनि सँग सँगै हुन्थ्यौं हामी। यसरी हातेमालो गर्दै हाम्रो खुशिका पलहरू अगाडि बडिरहेका थिए।
यस्तैमा एक माघको कुरा हो। गाउँ घरमा श्री-स्वास्थानी वर्त लिने महिना थियो। पूजासमापन गर्नको लागि फूलको आवश्यक भएकाले धार्मिक आस्था भएका हामी फूल टिप्न भनि माथि लेखको उकालोतिर लाग्यौं। त्यहाँ हामीले धेरै थरीका रंगी विरंगी फूलहरू टिप्दै झोलमाराख्दै गर्यौं। मन त्यसै त्यसै फुरुङ भएको थियो। हामी रमाउदै हराउदै मस्तमा थियौं। उकालो उक्लिएर, उरालो झरेर थाकेको शरीरको थकाई मेटाउने उदेश्यले हामी गुराँसको फेद मुनि बस्यौं।
हाम्रो पवित्र प्रेम देखेर हामी वरिपरिको सम्पूर्ण वातावरण पनि झुमिरहेको जस्तो लाग्थ्यो।एकछिन थकाई मारिसकेपछि केही आनन्दको महसुस भयो। घाम पनि पूर्व दिशा बाट सर्दै पश्चिम क्षितिजमा पुगिसकेको थियो। हामी घर फर्किने सुरसारमा थियौं। उनको चन्द्र जस्तो उज्यालो मुहार। निधारको बाटो हुँदै आँखा छोप्न आइपुगेको त्यो कालो रेशमी केश। उनी निहुरिएर एकहोरो डुब्न लागेको घामलाई हेरेर ओठभरी मुस्कान खेलाउथिन्। मैले उनको ध्यान आफुतिर तान्ने हेतुले घाँटीसाफ गर्दै भनें-केही कुरा गरन,किन मौन भएकी?
प्रत्युउत्तरमा मीठो मुस्कान छोडिन् र लाजाउदै आफ्नो शिर थोरै भूइतिर झुकाइन् उनले। मैले पनि उनको भावना बुझी हालें। र धेरै अगाडि देखि भन्न खोज्दा खोज्दै पनि उनी सामु व्यक्त गर्न नसकेको प्रेम फुकाउने मनसायले भनें-तिमीलाई केही भन्नु थियो भनुँ?उनले मौन स्विकृति जनाइसकेपछि मैले आफ्नो मुटु दह्रो बनाएर भनें-म तिमीलाई माया गर्छु। मैले आफ्नो वाक्य पूरा गर्न नभ्याउदै,
उनले भनिन्- सत्य?धन्य ईश्वर भन्दै मुसुक्क हाँसिन्।
मैले बुझें म मात्रै उनलाई मन पराउने होइन रहेछु। उनी पनि मलाई मन पराउदी रहिछिन् भन्ने कुरा। त्यसैदिन हामीले चोखो प्रेमको अनुभूती एक आपसमा अंकमाल गरेर साटासाट गर्यौं। गुराँसको फेद मुनि बसेर देउराली साँची राखेर कहिल्यै नछुट्ने कसम पनि खायौं।
त्यसपछि पूजाको लागि टिपेको फूल लिएर घर फर्क्यौँ। पूजा सम्पन्न भयो। दिनहरू व्यतित हुँदै गए।
। हाम्रो प्रेम पनि दिनप्रतिदिन गाढा हुँदै गयो। नजर जुधाउदै,माया दर्साउदै,मेलापतगर्दै­­ हाम्रो मिलनको रमाइला दिनहरु बित्दै थिए। समयको खेल भनुँ अथवा भाग्यले झेल गरेको हो,बिडम्वना!मेरो वैदेशिक रोजगारको लागि भीसा लाग्यो। म मलेशिया उड्नुपर्ने भयो।
भाग्यको लहरामा लहरिँदै उनी सँगको सुनौलो भविष्यको परिकल्पना गर्दै बिदा मागें।उनी भावुक हुँदै गह भर्दै भनिन्-
पर्दैन जानु।
मैले सम्झाएँ केही दिनको कुरा त होनि। बुझ्ने कोसिस गर प्रिय। मेरो शरीर जरुर तिमी बाट टाढा हुन्छ। तर मेरो मन हर पल हर क्षण तिमीसितै रहनेछ। अन्तिममा उनले बिदाइको हात हल्लाइन्। म पनि मनको पीडा लुकाएर देखावटी हाँसो हाँस्दै आफ्ना आमा बुवा साथीभाईहरू आफ्नी प्रियसी मुटुको धड्कन सँग र प्यारो म्याग्दी, मेरो जन्मभूमि,कन्चन बग्ने काली गण्डकीलाई छातीभरी सजाएर कर्मभूमि मलेशियातिर लागें।
आज यो विरानो शहर मलेशियमा उनकै यादमा पानी बिनाको माछा जस्तै तड्पिएर रात दिन काटिरहेको छु। केवल उनकै यादमा।



राम बरुवाल
म्यागदी
(मलेशियमा)

www.facebook.com/gharakhola

3 comments:

  1. धन्यवाद साथी राम कुमार सर मलाई तपाईको बल्कमा स्थान दिनुभएको मा धन्यवाद।

    ReplyDelete