Nepali Calendar

Tuesday, 30 October 2012

meri bassai

भात भन्या भात हो!
बिहान होस या बेलुका
दिउसो भए नि बालै हो
दालसँग होस या झोलसँग
भात भन्या भात हो!
नेपाल होस या अम्रिका
नेपालीको जिउने आड हो
२ थाल नबजाइ चित्तै नबुझ्ने
भात भन्या भात हो!
कति खाइयो नाथे पिज्जा
बर्गर पनि त खाएकै हो
तेस्ता जाबाले पेट के मान्थ्यो
भात भन्या भात हो!
बढी भएको क्याम्पसमा टिफिन
खैरे सोध्छ - "क्या हो त्यो?"
ङिँच्च हाँस्दै ग्वाम्म खाँदै -
"भात भन्या भात हो!"
चिनीरोग लागे ओखति खाउँला
भुँडी लागे नि आफ्नै त हो
मरेपछी पनि पिण्डो खुवाउने
भात भन्या भात हो!
आमाले माया कुचोले गर्छिन
बाउको माया लात हो
जती कुचो, लात खाए नि
भात भन्या भात हो !

No comments:

Post a Comment